काठमाडौं । चलचित्र ‘एक्टर’ को गीत ‘च्याट्ट बरिलै’ को भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । आगामी माघ ४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘एक्टर’ को रोमान्टिक गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
रिता रायमाझीको शब्द, मनोहरी थापा र सुनिता कार्कीको आवाज रहेको उक्त गीतमा संगीत सम्राट थापालृे भरेका हुन् । भिडियोमा नायक प्रिन्स थापा र कविता नेपालीलाई मुख्य भुमिकामा देखिएका छन् ।
नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण चलचित्र बनेको निर्माता मनोहरी थापाले बताए ।
‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय रहेको छ । यसमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायांकन, मदन घिमिरेको निर्देशन रहेको छ ।
प्रतिक्रिया