टेलिफिल्म अवार्डमा विजेतालाई ट्रफी र ७० हजार नगद पुरस्कार

काठमाडौँ । बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा नेसनल बक्स अफिस टेलिफिल्म–वेबसिरिज अवार्ड २०८१ संस्करण तथा ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कप सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको सो अवार्ड कार्यक्रम शनिबार सम्पन्न भएको आयोजकले जनाएका छन् । शनिबार सम्पन्न सो टेलिफिल्म फुटबल कपमा कुल ३४ वटा फुटबल टिमलाई पन्छाउँदै नवदुर्गा फुटबल टिमले ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कपको उपाधि जितेको छ ।

टेलिफिल्म फुटबल कपमा कुल ३४ वटा फुटबल टिमलाई पन्छाउँदै नवदुर्गा फुटबल टिमले ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कपको उपाधि उचालेको हो । झण्डै २ दर्जन टेलिफिल्मलाई उछिन्दै हास्यतर्फ ‘हर्के हवल्दार’, सामाजिकतर्फ ‘जुठे’ सर्वोत्कृष्ट टेलिफिल्म बन्न सफल भएका छन् । त्यसैगरी बजारमा देखिएका १०० भन्दा धेरै वेबसिरिजलाई उछिन्दै ‘सौतेनी आमा’ यो वर्षको सर्वोत्कृष्टताको रोजाइमा परेको छ ।

बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ख्यातिप्राप्त कलाकार, निर्माता, निर्देशक, खेलाडी र समाजसेवीहरूको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको हो । नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८१ संस्करणको विजेताहरूमा उत्कृष्ट मेकअप निर्मला आचार्य (हल्का रमाइलो), उत्कृष्ट संगीत हिमाल श्रेष्ठ (मीरा), उत्कृष्ट छायांकन घनश्याम पोखरेल (हल्का रमाइलो), उत्कृष्ट सम्पादन रविन भट्ट (जुठे–हल्का रमाइलो), उत्कृष्ट नवनायक नेत्र बिक्रम खड्का (मेरी बास्सै) रहेका छन् । त्यसैगरी उत्कृष्ट नवनायिका रविना श्रेष्ठ (भद्रगोल), उत्कृष्ट खलनायक विनोद सुवेदी (क्षितिज)– (मेरी बास्सै), उत्कृष्ट कथा (पटकथा–संवाद–नेत्र राउत (मेरी बास्सै), उत्कृष्ट वेबसिरिज चरित्र अभिनेता पवन खतिवडा (त्याग), उत्कृष्ट वेबसिरिज अभिनेत्री नविना सिलवाल (खुइली) (फूलमाया), रहेका छन् ।

साथै उत्कृष्ट वेबसिरिज अभिनेता विनोद श्रेष्ठ (मिरा), उत्कृष्ट टेलिचलचित्र अभिनेत्री यसु भट्टराई (भद्रगोल), उत्कृष्ट टेलिचलचित्र चरित्र अभिनेत्री पल्पसा डंगोल (मेरी बास्सै) र उत्कृष्ट टेलिचलचित्र चरित्र अभिनेता रामचन्द्र अधिकारी (गोक्ते काजी) घोषित भए । उत्कृष्ट वेबसिरिज चरित्र अभिनेत्री सारदा गिरी (भुन्टी), उत्कृष्ट टेलिचलचित्र अभिनेता राजु पौडेल (सकस) र उत्कृष्ट नवनिर्देशक द्रोणप्रसाद पौडेल (भद्रगोल) घोषित भए । सर्वोत्कृष्ट प्रसारण संस्था– ओम अग्रवाल (ओएसआर डिजिटल), उत्कृष्ट टेलिचलचित्र सामाजिक (जुठे) उत्कृष्ट वेबसिरिज (सौतिनी आमा) र उत्कृष्ट हास्य टेलिचलचित्र (हल्का रमाइलो) विजेता बन्न बन्न सफल भए ।

त्यसैगरी इन्करेजमेन्ट सम्मानतर्फ अरुणा पछाई (माने दाई), सुरज खनाल (ख्यालठट्टा), सरोज शर्मा (बैना) र रमेश अधिकारी (बुहारी) घोषित भए । सर्वकालीन टेलिफिल्म अवार्डतर्फ सर्वकालीन टेलिचलचित्र अभिनेत्री विद्या कार्की, सर्वकालीन टेलिचलचित्र अभिनेता सुरवीर पण्डित र सर्वकालीन टेलिफिल्म मार्केटिङ संस्था (मिडिया हब प्रालि) घाोषित भए । सर्वकालीन टेलिचलचित्र प्रसारण संस्था (नेपाल टेलिभिजन) सम्मानित भएका छन् ।

प्रतिक्रिया