दोस्रो उपमा राष्ट्रिय अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौं । दोस्रो उपमा राष्ट्रिय अवार्ड २०८१ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । उपमा सञ्चार प्रालिद्वारा आयोजित दोस्रो उपमा राष्ट्रिय अवार्ड २०८१ मा गीत, म्युजिक भिडियो, सिरियल, डकुमेन्ट्री लगायत विभिन्न ६७ बिधाका ३३५ जना कलाकारहरु उत्कृष्ट पाँचमा परेका छन् ।

आगामी पुस २७ गते एक समारोहका बिच काठमाडौंमा अवार्ड कार्यक्रमको ग्राण्ड फिनाले हुने कार्यक्रमका संयोजक रामकृष्ण पाण्डेले जानकारी दिए ।

फाईनल कार्यक्रममा गीत, संगीत र संस्कृतिसँग सम्बन्धित कलाकारहरुलाई राष्ट्रिय उपमा दशक सम्मान २०८१ प्रदान गरिने आयोजक एवं उपमा सञ्चार प्रालिका अध्यक्ष आशा गौतम तथा संयोजक सुमन कुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया