प्रताप दास र सुमी पराजुलीको आवाजमा ‘माया गर्ने तरिका’

काठमाडौँ । गायक प्रताप दास र गायिका सुमी पराजुलीको युगल आवाजमा ‘माया गर्ने तरिका’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियो गायिका सुमी पराजुलीकै युट्युब च्यानलमार्फत केही दिनअघि सार्वजनिक गरिएको हो ।

गीतमा यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश बिबिसीको मिक्सिङ र मास्टरिङ रहेको छ । मुस्कान ढकालको निर्देशन रहेको प्रेम भावको गीतको भिडियोमा रमेश विश्वकर्मा, कविता नेपाली, दीपज्योति थापा, प्रकाश सुनार, दीपक पराजुली, पार्वती पराजुली लगायतको अभिनय देख्न सकिन्छ ।

उत्तम हुमागाईं र टिमको छायांकन रहेको गीतको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् । उक्त गीत माया प्रेमका भावनामा रहेर तयार गरिएको गायिका पराजुलीले बताइन् ।

प्रतिक्रिया