लैगिंक हिंसाविरुद्ध सेल्फ डिफेन्स तालिम

काठमाडौं । लायन्स क्लव अफ नेपाल सेल्फ डिफेन्सले आत्मरक्षा सेल्फ डिफेन्स तालिम दिएको छ । आइतबार लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा काठमाडौंको हेरिटेज इङ्लिस बोर्डिङमा अध्ययनरत विद्यार्थीहरुका लागी आत्मरक्षा सेल्फ डिफेन्स तालिम दिएको हो ।

उक्त तालिममा विद्यार्थीहरुलाई सेल्फ डिफेन्सको आवश्यकता, यसको महत्वको बारेमा सिकाइएको प्रशिक्षक राधिका हमालले जानकारी दिइन् ।

तालिममा लायन्स क्लव अफ नेपाल सेल्फ डिफेन्सकी मुख्य प्रशिक्षक राधिका हमाल, सहायक प्रशिक्षक मिलन कार्की, ज्ञानेन्द्र तिमल्सेना, रिता कुमारी चौलागाँई र सम्झना पोखरेलले यसको महत्व र आवश्यकताका बारेमा प्रयोगात्मक अभ्यास समेत जानकारी गराइएको थियो ।

लायन्स क्लव अफ नेपाल सेल्फ डिफेन्सले विगतदेखी महिलाहरु र किशोरीहरुका लागि आत्मरक्षा अर्थात सेल्फ डिफेन्स तालिम दिँदै आएको छ ।

प्रतिक्रिया