हुन्डाई सान्टा एफई बन्यो ‘वर्ष कार २०२५’

काठमाडौँ । मोटर कम्पनी हुन्डाईको स्यान्टा एफई सन् २०२५ का लागि ‘वर्ष कार’ घोषित भएको छ । यो कारले कारवाओ अवार्डमा प्रभुत्व नै जमाएको हो । यो कारले यसअघि नै बजारमा पर्याप्त सफलता हासिल गरिरहेको कम्पनीले जनाएको छ । यही सफलता क्रममा यो मोडलको कारले कारवाओ अवार्ड जित्दै वर्ष कार नै घोषित भएको हो ।

कम्पनीका अनुसार यो कारले अनलाइन मार्केटप्लेसको पारिवारिक मूल्य अवार्ड पनि जितेको छ । हुन्डाईकै आयोनिक फाइभ एनलाई टेक ट्रेइलब्लाजरको रूपमा स्वागत गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, हुन्डाई मोटर ग्रुपले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी)सँग ब्याट्री र विद्युतीकरणमा संयुक्त अनुसन्धान गर्न सम्झौता गरेको छ । हुन्डाईले आइआइटी दिल्ली, आइआइटी मुम्बई र आइआइटी मद्राससँग सम्झौता गरेको मंगलबार घोषणा गरेको हो ।

हुन्डाई मोटर ग्रुपको प्रायोजनमा आइआइटी दिल्लीमा हुन्डाई सेन्टर अफ एक्सिलेन्स (सिओई)को स्थापना हुने भएको छ । सिओईको प्राथमिक लक्ष्य भारतीय बजारका निम्ति ब्याट्री र इलेक्ट्रिफिकेसन (विद्युतीकरण)मा आधुनिकता ल्याउनु रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया