काठमाडौं । गायक एवं सर्जक नरेश खाती क्षेत्री र गायिका अनु चौधरीको युगल आवाजमा ‘तिम्लाई नै सताउने हो’ नामको गीत बजारमा आएको छ । लामो समयदेखि गीत सृजना र गायनमा सक्रिय गायक खातीले पछिल्लो समय यस प्रेमप्रसंगको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।
गायक खातीकै शब्द र संगीतमा तयारको यस गीतमा उनलाई गायिका चौधरीले मिठासपूर्ण आवाजमा साथ दिएकी छन् । त्यसैगरी गीतमा विशाल निरौलाले एरेन्ज गरेका हुन् । यस गीतको भिडियोमा गायक नरेश खाती आफैँ र मोडल उषा उप्रेतीले अभिनय गरेका छन् ।
त्यसैगरी गीतको भिडिमा विनोद भण्डारीको निर्देशन रहेको छ भने दिनेश पराजुलीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ । यो गीत विसुद्ध मायाप्रेममा आधारित रहेको र प्रेमी प्रेमीका एकअर्कासँग जति रिसाए पनि, जति झगडा गरे पनि जिन्दगी सँगै कटाउने हो भन्ने भाव यसले बोकेको गायक खातीले बताए ।
प्रतिक्रिया