काठमाडौँ । नायक सलोन बस्नेत अभिनीत रहेको फिल्म ‘रंगी’को छायांकन पूरा भएको छ । २६ दिनमा यसको छायांकन सकिएको बताइएको छ । ३० दिनको समय तालिका लिएर छायांकनमा निस्किएको सुटिङ युनिट निर्धारित समयभन्दा ४ दिनअघि नै इन्डक्ल्याप गरेर फर्किएको हो ।
फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीलगायतले अभिनय गरेका छन् ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यस फिल्मको निर्मात सक्षम सुबेदी हुन् । फिल्मको कथा सुमन गजमेरले लेखेका हुन् । यस फिल्मले बुबा–छोरी सम्बन्धको कथा उठान गरेको बताइएको छ । सुरेश न्यौपानेको यही फिल्मबाट निर्देशनमा ‘डेब्यू’ गर्दैछन् । उनीसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर–२’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु–२’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।
प्रतिक्रिया