आठबिसकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् । देवकाले ४२ सय ७२ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत प्राप्त गरिन् ।
त्यस्तै नेकपा एमालेकी उम्मेदवार सुनिता बोहोराले २५४२ र रास्वपाले १७९ मत प्राप्त गरेको छ । यस अघि नेपाली कांग्रेसले जितेको नलगाडमा यसपटकको उपनिर्वाचनमा माओवादीले जितेको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया