आठबिसकोट । जाजरकोटको कुशे गाउँपालिका– ७ मा नेपाली कांग्रेसका खम्बबहादुर सिंह विजयी भएका छन् । यस स्थानमा भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीलाई १५ मतले पराजित गर्दै सिंह विजयी भएका हुन् ।
विजयी भएका सिंहले ३४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरे ।
त्यसैगरी नेकपा एमालेका डम्बरबहादुर घर्तीले २५२ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल बहादुर खत्रीले ७ मत प्राप्त गरे । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत मतदानमा यहाँ ९५६ मत खसेको थियो भने १६ मत बदर भएको छ । यसअघि माओवादीका मनबहादुर घर्ती निर्वाचित भएका थिए ।
रुकुम पश्चिम
प्रतिक्रिया