काठमाडौं । मंसिर महिनाको लगन गाँठोलाई छेको पारेर पञ्चेबाजा ‘फ्याट्ट पोइल’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । बाबा इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक यस गीतमा शब्द प्रवेश पौडेलले लेखेका हुन् भने संगीत पनि उनैले भरेका छन् ।
त्यसैगरी गायिका अस्मिता डल्लाकोटी र स्वयं गायक प्रवेश पौडेलकै आवाजमा सजाइएको छ । सजिएको गीतको संगीत संयोजन याम थापा मगरले गरेका हुन् । विवाहमा होस या कसैको जन्त जाँद पनि मन परेका युवायुवतीले दोहोरी गाउने रमाइलो नाचगान गर्ने परम्परा अनुसार यस गीत ल्याएको गायक पौडेलले बताए ।
उक्त गीतको भिडियोमा मोडलहरु स्मारिका ढकाल, सरोज प्रजा, सुरेश कोहली र सम्झना थापा छेत्रीले अभिनय गरेका छन् । त्यसैगरी गायिका अस्मिता डल्लाकोटी पनि दुलही र लोक तथा दोहोरी गायक शक्तिकुमार गोदारले दुलाहाका भूमिकामा भिडियोमा अभिनय गरेका छन् ।
प्रतिक्रिया