पल्मु शेर्पाको ‘धरोधर्म सत्य’ सार्वजनिक

काठमाडौं । गायिका पल्मु शेर्पाले ‘धरोधर्म सत्य’ नामक गीतको भिडियो सार्वजनिक गरेकी छन् । उक्त गीतमा शब्द नवराज भूमरी आचार्य, संगीत सिडिविजय अधिकारी, एरेञ्ज पुष्कर खत्रीको रहेको छ । त्यसैगरी चर्चित गायक सिडिविजय अधिकारी र गायिका पल्मु शेर्पाकै स्वर रहेको छ ।

रोमान्टिक शैलिको गीतमा अन्य गायक, गायिकामा मनिषा राई, दिपा तामाङ, कृष्ण जोशी, पुष्कर खत्री रहेका छन् । भिडियोमा विमल अधिकारी, शिल्पा पोखरेलले अभिनय गरेका छन् । म्युजिक भिडियो निर्देशनमा निरन्तर लागिरहेकी भएका बबिता श्रेष्ठ ‘मलेकु’ ले निर्देशन गरेकी हुन् ।

भिडियो उत्तम हुमगाईंले खिचेका हुन् भने सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन् । भिडियो गायिका पल्मु शेर्पाको अफिसिय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया