सञ्जु र पशुपतिको ‘गल्याङ बजारमा’

काठमाडौँ । गायिका सञ्जु न्यौपाने र गायक पशुपति शर्माको स्वरमा पञ्चेबाजा गीत ‘गल्याङ बजारमा’ सार्वजनिक भएको छ । गायिका सञ्जु न्यौपानेको युट्युब च्यानलमार्फत सार्वजनिक भएको पञ्जेबाजा गीत ‘गल्याङ बजारमा’ को शब्द तथा संगीत आरबी सेन्चुरीको रहेको छ भने आशिष अबिरलको संगीत संयोजन रहेको छ । स्याङ्जा जिल्लाको मौलिक पञ्चेबाजालाई ‘गल्याङ बजारमा’ गीतमा समावेश गरिएको गायिका सञ्जु न्यौपानेले बताइन् ।

शुभकामना मिडिया सोलुसनको प्रस्तुतिमा निर्माण भएको गीत ‘गल्याङ बजारमा’को भिडियो पनि अर्गानिक रूपमा निर्माण गरिएको छ । गायिका न्यौपानेको बहिनीको बिहेको अवसर पारेर भिडियोलाई स्याङ्जाको जन्मघरमा नै छायांकन गरिएको छ । विवाहको मण्डपमा नै सुटिङ गरिएको भिडियोलाई गीतमा प्रस्तुत गरिएको छ । ‘गल्याङ बजारमा’ सुनिल शर्मा, निशा न्यौपाने, सञ्जु न्यौपाने, टुमलाल न्यौपानेको अभिनय रहेको छ । भिडियोको छायांकन तथा सम्पादन आरबी सेन्चुरीले गरेका हुन् ।

प्रतिक्रिया