‘ह्रस्व दीर्घ’ अस्ट्रेलिया र मध्यपूर्वमा पनि

काठमाडौँ । नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ फिल्म बिहीबारदेखि अस्ट्रेलिया र मध्यपूर्वका देशहरूमा रिलिज हुँदै छ । वितरण कम्पनी सेभेन सिजनका अनुसार यो फिल्म अस्ट्रेलियाका सबै सहरमा प्रदर्शन हुँदै छ ।

अस्ट्रेलियाको न्यु साउथ वेल्सका ७ हल, नर्दन टेरिटोरीमा १, क्विन्सल्यान्डमा २, साउथ अस्ट्रेलियामामा २, तास्मानियामा १, भिक्टोरियामा ७ र वेस्टर्न अस्ट्रेलियामा १ हलमा प्रदर्शन हुन लागेको हो । फिल्मले बिहीबार अस्ट्रेलियाभर ३५ सो पाएको छ । साथै यो फिल्म न्युजिल्यान्डमा पनि बिहीबारदेखि नै प्रदर्शन तयारीमा छ ।

अकल्यान्डको इभेन्ट मनुकाउ र इभेन्ट क्विन स्ट्रिट हलमा प्रदर्शन तयारीमा छ । यस फिल्मलाई नेप–फिल्म्सले मध्यपूर्वमा युएईका १४ हल, कतारका ६ हल र बहराइनका ३ हलमा रिलिज गर्देछ ।
चन्द्र पन्त निर्देशित फिल्ममा बनेको फिल्ममा हरिहर अधिकारीको कथा छ । फिल्ममा प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ ।

फिल्ममा नीतासहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतको अभिनय छ ।

६ करोड लगानीमा बनेको यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो । यो तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ । यो फिल्मले नेपालमा राम्रो कमाइ गरिरहेको छ । यस फिल्मले ९ दिनमा ६ करोड ६९ लाख व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया