व्यावसायिक कुखुरापालनको सर्वेक्षण हुने

काठमाडौँ । सरकारले व्यावसायिक कुखुरापालनबारे सर्वेक्षण गर्ने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार ‘व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१–०८२’ सम्बन्धी तयारी पूरा भएको छ । यसका लागि प्रश्नावलीसमेत तयार भएको कार्यालयले जनाएको छ ।

तथ्यांक समन्वय कार्यालयमार्फत सूचीकरणको कामसमेत सुरु गरिएको कार्यालयले जनाएको छ । सरकारले कुखुरामा नेपाल आत्मनिर्भर भएको बताउँदै आएको छ । तर, एकीकृत तथ्यांक अभाव थियो । सर्वेक्षणले यो अभाव पूरा गर्ने अपेक्षा छ । कार्यालयका अनुसार यसै वर्ष मत्स्य तथ्यांक संकलन तयारीसमेत गरिएको छ । मत्स्य तथ्यांक संकलनसम्बन्धी प्रश्नावली तयारी गरी परीक्षणको कामसमेत सकिएको छ । सरकारले निजी शिक्षण संस्थान सर्वेक्षणसमेत यसै वर्ष गर्ने भएको छ । यसका लागि निर्देशक तथा प्राविधिक समिति गठन भएको छ ।

प्रतिक्रिया