मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले राज्यका तिनै निकायबाट सञ्चालित हुने योजना तथा कार्यक्रम बिचौलियाको नभई सेवाग्राही हकमा हुनु पर्ने बताएका छन । मंगलबार मुगु सदरमुकाम गमगढी पुगेका कंडेलले यस्तो बताएका हुन् । बुधबार नेपाल पत्रकार महासंघले आयोजना गरेको भेटघाट कार्यक्रममा मुख्यमन्त्री कंडेलले ३ तहकै सरकारबाट निर्णय भई बजेट विनियजेजित भई सकेका योजना तथा कार्यक्रम यथासिघ्र प्रभावकारी रुपमा समयमै सम्पन्न गर्न प्रदेश सरकार लागि परेको बताए ।
उनले भने, ‘यो विषयमा कर्णाली प्रदेश सरकारका मन्त्रालयमा छलफल भई सकेको छ । मन्त्रालयबाट बिनियोजित बजेटका योजना असुन्तलित र भेदभावपूर्ण नभई सबैको समान सहभागीता हुने गरी बनाउनु पर्ने छ ।’
सो क्रममा योजना बिचौलियाको नभई सेवा ग्राहीको बनाउनकालागि आफूले कर्णाली प्रदेशका रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख, हुम्ला, कालीकोट र मुगुमा पुगेर स्थानीय सरकार, राजनितिक दल तथा अन्य सरोकारवाल निकायसंग छलफल गर्दै अगाडि बढ्ने कर्णाली प्रदेश सरकारको योजना रहेको बताए ।
बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक र दिउसो जिल्ला समन्वयसमितिको सभाहलमा स्थानीयतह तथा सरकारी कार्यलय राजनीतिक दलहरुसँग उनले छलफल गरे । सो क्रममा मुख्य मन्त्री कंडेलले कोहलपुर—सुर्खेत सुर्खेत—हिल्सा सुर्खेत— डोल्फा भेरी करिडोर नाग्मा—गमगढी हुदै नाक्चेलाग्ना सडक बिस्तार गर्दै २ लेनको सडक निर्माणकालागी संघीय सरकारका प्रधान मन्त्री लगाए अन्य मन्त्रीहरुसँग यो बिषयमा अगाडि बढाइ दिन आग्रह समेत गरेको बताएका थिए ।
प्रदेश सरकारबाट सञ्चालित केही गौरवका योजनाहरु हाल सञ्चालनमा रहेका छन् । ती योजना समयमै सम्पन्न गर्नकालागि प्रदेश सरकार लागि परेको भएपनि निमार्ण जिम्मा लिएका ठेकेदारहरुकै कारण केही योजना अलपत्र अवस्थामा छन् ।
यस्तो हुनुको मुख्य कारण ठेकेदार पक्ष नै हो । योजना निर्माण प्रक्रियामा हुने परिक्षामा ठेकेदार पास हुने र प्रदेश सरकार फेल हुनुको मुख्य कारण भनेकै उनीहरुको माथिसम्मको पहुच र पैसा रहेको समेत बताएका थिए ।
मुगु
प्रतिक्रिया