सिनेमाको उद्देश्य मनोरञ्जन नै हुन्छ । पढ्न र सिक्न धेरै मान्छे हलमा जाँदैनन् । सिनेमा मनोरञ्जक छ । सुरुदेखि अन्त्यसम्म बाँध्न सक्नु एउटा सिनेमाको सफलता नै हो । सबैभन्दा ठूलो र सार्थक क्रान्ति शिक्षा नै हो भन्ने स्थापित मतलाई सिनेमाले समर्थन गरेको छ । सिनेमाको अब्बल पक्ष सायद अभिनय नै हो । विजय बरालको क्षमतालाई निर्देशकले ठूलो न्याय गरेका छन् । बरालले पूर्णेको चरित्रलाई साँच्चै जीवन्त बनाइदिएका छन् । सँगसँगै अन्यको अभिनय पनि खोटरहित छ ।
हेर्नेहरूले मन पराउनुभएको छ । सहायक भूमिकामा समेत विजय बरालको अभिनय औसतभन्दा उच्च हुने गर्छ, यसमा मुख्य भूमिका रहेछ । धेरैले प्रसंशा गरेका छन् । ‘एक छापे चरित्र’ र भूमिकाबाट माथि उठ्न नसक्नु हाम्रा कलाकार र निर्देशकको कमजोरी रहने गरेको छ । सुरूको एउटा चरित्र गज्जबसँग निर्माण हुन्छ । त्यसपछि मुभी नयाँ, तर चरित्र उहीजस्तो लाग्ने गर्छ । सुरूमा हिट भएको चरित्रबाट कलाकार आजीवन मुक्त नहुने हो भने नयाँपन र विकास कसरी होला ? यो चलचित्र कस्तो छ भन्ने हेरेपछि थाहा होला, तर व्यावसायिकताको पखेटा हाल्दै गरेको नेपाली सिनेमा उद्योगलाई अझ राम्रो हुन त दर्शकको पनि माया नै चाहिन्छ । पायक पर्ने ठाउँमा माया लिएर जानुहोला ।
यतिबेला पूर्णबहादुरको सारङ्गी बेलायतको सिनेमा–हलमा ‘हाउस–फुल’ छ । बेलायतमा नेपाली सिनेमा । टिकट पाउनै मुस्किल । सुन्दै रोचक लाग्ने । गत शनिबार लन्डनमा पूर्णबहादुरको सारङ्गी हेरियो । ह्या, नेपाली मुभी त हो नि,, त्यहीँ पुगेर टिकट काटे पनि हुन्छ भन्ने नजानिँदो उपेक्षाभाव र जे पनि ‘लास्ट–आवर’ नभई नगर्ने दीर्घरोगले गर्दा दिउँसोको सो छुट्यो ।
बेलुका पनि जान खोजे–जतिलाई टिकट पाउन मुस्किल भयो । हलिउडदेखि बलिउडसम्म विश्वका उत्कृष्ट चलचित्रहरूको समेत पहिलो प्रदर्शन हुने बेलायतमा यति धेरै हल र एउटै हलको ३–४ वटा स्क्रिनमा नेपाली सिनेमा चलेको यो पहिलोपल्ट हुनुपर्छ ! एउटै हलको एकभन्दा बढी पर्दामा चलचित्र चलेकाले सिंगो हल नेपालमय थियो । हल वरपरका नेपाली रेस्टुरेन्ट पनि भरिभराउ थिए ।
विज्ञ र सूक्ष्मदर्शक समीक्षकहरूले चलचित्रमा हामीले भन्दा पक्कै धेरै कुरा देखे होलान् । कति उज्याला र अँध्यारा पाटाबारे लेखे पनि होलान् । तर सात समुद्रपारि त्यस्तो अद्भुत ‘एम्बिएन्स’मा सुरुदेखि नसकिउन्जेलसम्म पर्दाबाट आँखा नहटाई विशुद्ध दर्शक बनेर कुनै सिनेमा हेर्नु र त्यसबारे केही लेखौँ लेखौँ हुनु पनि सफलताको एउटा झिल्को त होला नै ।
हेरेसम्मकै उत्कृष्ट सिनेमा थिएन त्यो । ठूलो बजेट र अत्याधुनिक प्रविधिको चकाचक पनि थिएन त्यसमा । बिल्कुल फरक र मौलिक कथावस्तु पनि होइन त्यो । कुनै नवीन प्रयोग, सन्देश या अतुलनीय मिहिनेत पनि त्यहाँ थिएन । एउटा अतिविपन्न र जातीय उत्पीडनमा रहेको अशिक्षित बाबुले आफ्नो सन्तानलाई पढाउन र लायक बनाउन गरेको मार्मिक संघर्षमा हजारौँ साहित्य कोरिएका होलान् ।
सबै कुराले औसत सिनेमा नै थियो पूर्णबहादुरको सारङ्गी । तर, जीवन पनि त औसत नै हुन्छ । औसत जीवन पनि उत्तिकै सुन्दर हुन्छ । औसत जीवन पनि देखिएजस्तै रेखीय या ‘क्लिसे’ हुन्छ भन्ने हुँदैन । त्यसका पनि आफ्नै उतारचढाव र विशेषता हुन्छन् । हजार परिकार हुन्छन्, तर औसत दालभात तरकारी पनि कम मिठो र पोसिलो हुँदैन । यो सारङ्गी औसत भएरै सुन्दर थियो । चिनेचिने जस्तो कथा, भेटेभेटेजस्ता पात्रहरू, देखेदेखेजस्तो परिवेश, खोटरहित अभिनय, थोरै हास्य, अलिकति भावुकता, कथाको अनुमान गर्न सकिने विकास, मधुर संगीत अनि आममान्छेको प्रेम, पीडा र खुसी ! औसत सिनेमा यस्तै त हुन्छन् ।
साह्रै निम्नस्तरका दुई अर्थी डाइलग र दृश्य आजभोलि नेपाली सिनेमाको स्थायी गुणजस्तै छ । नचाहिने र कुनै सन्दर्भ नभएका ठाउँमा समेत त्यस्तो छिचरो संवाद भेटिन्छ । ‘एज–रेटिङ्ग’ एउटा, कन्टेन्ट अर्कै । छोराछोरीलाई आडमा राखेर यो सारङ्गी हेर्दै गर्दा पनि मनमा डर थियो तर त्यस्तो भएन । मन फुरुंग भयो । ग्रामीण परिवेश र दैनन्दिन क्रियाकलापमा आधारित चलचित्रमा धेरैजसो दृश्य ‘जेनेरिक’ जस्ता र पट्यारलाग्दा हुन्छन् । खासगरी नयाँ पुस्ताका दर्शकका लागि । तर पूर्णबहादुरको सारङ्गीको कुनै दृश्य अर्घेलो लाग्ने या झ्याउ लाग्ने खालको थिएन ।
सिनेमाको उद्देश्य मनोरञ्जन नै हुन्छ । पढ्न र सिक्न धेरै मान्छे हलमा जाँदैनन् । सिनेमा मनोरञ्जक छ । सुरुदेखि अन्त्यसम्म बाँध्न सक्नु एउटा सिनेमाको सफलता नै हो । सबैभन्दा ठूलो र सार्थक क्रान्ति शिक्षा नै हो भन्ने स्थापित मतलाई सिनेमाले समर्थन गरेको छ । सिनेमाको अब्बल पक्ष सायद अभिनय नै हो । विजय बरालको क्षमतालाई निर्देशकले ठूलो न्याय गरेका छन् । बरालले पूर्णेको चरित्रलाई साँच्चै जीवन्त बनाइदिएका छन् । सँगसँगै अन्यको अभिनय पनि खोटरहित छ ।
केही सूक्ष्मदर्शक विश्लेषकहरूले ‘आमाको भूमिका’ लाई माइनस गरिएकोमा असन्तोष राख्नुभएको पढेको थिएँ । उनीहरुको टिप्पणी थियो, ‘बाबुको संघर्षलाई मात्रै एकतर्फी चित्रण गरिएको भन्ने रहेछ ।’ एउटा सिनेमा आफैँमा संविधान त होइन । पाठ्यपुस्तक पनि होइन । सिनेमाले एउटा सामाजिक पक्ष उठाउने र त्यसमा कथा भन्ने हो । सबै पक्ष समेट्ने हो भने त बाँकी अरू सिनेमा किन बनाउने ? त्यसमाथि यो सिनेमामा छोराले आमाकै जोडबल र सपनाको बाटो पछ्याएको छ । आमाको भूमिकामाथि घृणा या रिस उठ्दैन । तराजू बोकेर हल जाने हो भने त धेरै कुराको तौल मिल्दैन । पूर्णबहादुरको सारङ्गी सिंगो नेपाली सिनेमा जगत्को व्यावसायिक सफलतामा कोसेढुंगो बनोस्, थप शुभकामना ।
प्रतिक्रिया