मुगु । मुगु कर्णालीका जलचर तथा जलीय जैविक विविधता संरक्षरण परियाजना लागू भएका समुदायका समूहहरुलाई जलचर तथा जलीय जैविकविधिता संरक्षणका लागि सुरक्षा सामग्री हस्तानतरण गरिएको छ ।
युएसएआईडीको आर्थिक तथा प्राविधिक सहयोग र हिमाली ग्रामीण युवा समाज विकास केन्द्रको सहजीकरणमा छायाँनाथ रारा नगरपालिकामा सञ्चालित समुदायको संलग्नतामा मुगु कर्णालीका जलचर तथा जलीय जैविक विविधता संरक्षण परियोजनाले नदी क्षेत्रमा करेण्ट, विषाधी विस्फोटलगाएत अवैध विधिबाट माछालगाएत अन्य जलचर प्राणी मार्न रोक लगाउनुका साथै यिनीहरुको संरक्षण गर्दै उपभोगकका लागि र नदी क्षेत्रमा गस्ती तथा निगरानीका लागि समूहका सदस्यहरुलाई सुरक्षा सामग्रीलगायत दुरविन र अन्य समाग्री हस्तान्तरण गरिएको हिरिसडेक नेपालका परियोजन अधिकृत मेरीना राना मगरले जानकारी दिएकी हुन् ।
नदी, गाड तथा खोलामा करेण्ट, विषादीलगायत विधी अपनाएर माछा मार्दा मुगु कर्णालीमा रहेका जलचल तथा जैविक विविधता लोप हुने खतरामा थिए । यसको संरक्षणका लागि छायाँनाथ रारा नगरपालिकाले ऐन ल्याई कार्यान्वयनमा छ ।
ऐन विपरित यस्ता गतिविधी रोक्नका लागि ऐनलाई शक्रियरुपम नगरपालिकाले कार्यान्वय गर्ने तयारी गरिहेका बेला यो क्षेत्रमा हिमाली ग्रामीण युवा समाज विकास केन्द्रको सहजीकरणमा छायाँनाथ रारा नगरपालिकामा सञ्चालित समुदायको संलग्नतामा मुगु कर्णालीका जलचर तथा जलीय जैविक विविधता संरक्षण परियोजनाले उपलब्ध गराएका सामग्रीले संरक्षणका लागि थप सहयोग गर्ने छायाँनाथ रारा नगरपालिकाका कावा मेयर ऐश्वर्या मल्लले बताइन् ।
मुगु कर्णालीमा रहेका चलचर तथा जलिय जैविक विविधता संरक्षणका लागि छायाँनाथ रारा नगरपालिकाको जलचर तथा जलिय जैविक विविधता संरक्षण ऐन अन्तरगत रही नदी क्षेत्रमा पर्ने ६ वटा सामुदायीक जलचर संरक्षण समूह गठन दर्ता भई उक्त समूहहरुलाई नदी क्षेत्र पहिचान गरी संरक्षणका लागि नदी क्षेत्र समे हस्तान्तरण भइसकेकाले आफ्नो समूह र समुदायमा पर्ने नदी, गाड र खोलाको संरक्षणका लागि ६ वटै समूहले सुरक्षा सामग्री र कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री उपलब्ध भएकाले सबै समूहले जलिय जैविक विविधताको संरक्षण गर्न यस्ता सामग्रीले ठूलो सहयोग पुग्ने गडुलनानी, लवावान्न सुनता सामुदयीक जलचर संरक्षण समूहकी अध्यक्ष हिरा कुमारी रोकायाले बताइन् ।
मुगु
प्रतिक्रिया