‘हरि बहादुरको जुत्ता’मा प्रियंका

काठमाडौँ । फिल्म ‘हरिबहादुरको जुत्ता’मा नायिका प्रियंका कार्कीको प्रवेश भएको छ । निर्माण पक्षले आइतबार उनी अनुबन्ध भएको जानकारी दिएको हो । यसअघि नै फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का अनुबन्ध भइसकेका छन् । निर्देशक दीपेन्द्र के खनालका अनुसार फिल्ममा उनीहरूसहित अन्य कलाकारको पनि अभिनय रहनेछ । अहिले आफूहरू कलाकार चयनकै क्रममा रहेको उनले बताए । उनले भने, ‘छायांकनमा निस्कन अझै समय बाँकी छ । बिस्तारै अनुबन्ध भएका कलाकारहरूको नाम खुलाउँदै जानेछौँ ।’

खनालका अनुसार हरिवंश यस फिल्ममा आफ्नो चर्चित पात्र ‘हरिबहादुर’को भूमिका निर्वाह गर्नेछन् । फिल्मको प्रमुख पात्र पनि उनी नै हुन् । फिल्मको कथा हरिवंश आफैँले लेखेका हुन् । निर्देशक खनाल २१ माघबाट छायांकनमा निस्कने योजनामा छन् । फिल्मका निर्माता सरोज ओली हुन् ।

प्रतिक्रिया