काठमाडौँ । एभरेस्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अलिपेको नेटवर्कमा रहेका सदस्य वालेटहरूमार्फत नेपाल पे मर्चेन्टहरूका क्युआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताअन्तर्गत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका इन्ट्रोपेरेबल क्युआरको मर्चेन्ट क्युआरमा अलिपेको नेटवर्कमार्फत भुक्तानी गर्न सकिनेछ । चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले आनो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसको इन्ट्रोपेरेबल क्युआरमा सजिलै भुक्तानी गर्न सक्ने सम्झौतामा उल्लेख छ ।
प्रतिक्रिया