देश हाँक्ने सारथीहरूको चयन नै ट्रम्पको पहिलो चुनौती

न्युयोर्क । मार आ लागो बलरुमा मंगलबार अपरान्ह राती व्यक्तिहरूको भिड थियो । त्यसै भिड बुधबारसम्म बाक्लिँदै थियो । बाक्लिएको भिडमा ट्रम्पका शुभेच्छुक मात्र थिएनन, उनलाई चुनाव जिताउन अहोरात्र अभियानमा खट्ने हातहरू पनि थिए । ती हरेक व्यक्ति फोनमा व्यस्त थिए । आफूले पाउने जिम्मेवारीका बारे कुरा गरिरहेका थिए । ट्रम्प निर्वाचित भएमा प्रशासनमा जिम्मेवारी पाउने आकांक्षीहरूबाट फोन आइरहेको थियो ।

५ नोभेम्बर २०२४ मा दिन अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा सफलता पाउँदै डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भइसकेका छन् । उनको जितमा रिपब्लिक र डेमोक्र्याट बीच विगतमा हुने गरेको लोकप्रिय मत र इलेक्ट्रोल मतको विवाद पनि सकिएको छ । ट्रम्प अमेरिकाको मात्र होइन विश्व राजनीतिका समेत सुपर पावर बनेका छन् ।

रोबर्ट जुनियर केनेडी

यसरी सुपर पावर बनाउने अभियानमा रोबर्ट जुनियर केनेडी, तुलसी गाबार्ड र टम बाराक पनि अहोरात्र खटेका थिए । ट्रम्प अभियानको नेतृत्वकर्ता हवार्ड लुटनिक र लिन्डा म्याक मोहन त भय नै हाले अन्य धेरैको मिहिनेत ट्रम्पलाई राष्ट्रपति बनाउन अथक थियो । यी सबैलाई समायोजन गर्ने काम ट्रम्पको पहिलो चुनौती हो ।

केही व्यक्तिलाई उनले बचन दिइसकेका छन् । केहीको नियुक्ती भने निश्चित झैँ देखिएको छ । संसद्का कुल गार्हस्थ उत्पादनका प्रमुख न्युयोर्कका एलाइस स्टेफानिक संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदुत बन्ने सम्भावना प्रवल छ । चिफ अफ स्टाफको लडाइँ भने सकिएको छ । अभियानकी मेनेजर सुसी विल्स चिफ अफ स्टाफ चयन भइसकेकी छिन् । ट्रम्पले बिहीबार सुजी समरल विल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफमा नियुक्त गरेका हुन् ।

सुसी विल्स

विल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफका रूपमा नियुक्त गर्दै ट्रम्पले भने– विल्सले मलाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो राजनीतिक विजय हासिल गर्न मद्दत गरेकी छन् । यसै वर्ष अप्रिलमा दिएको एक अन्तर्वार्तामा सुजीले ट्रम्पसँग काम गर्दाको अनुभवबारे बताएकी थिइन् । विल्सले भनिन्, ‘मानिसहरूलाई लाग्छ, म धेरै कडा छु । तर उनीहरूलाई के थाहा छैन भने ट्रम्पले मेरो कामका आधारमा मात्र मलाई मूल्यांकन गर्छन् ।’
ट्रम्पका आलोचकहरूलाई जवाफ दिँदै उनले भनेकी थिइन्, ‘त्यस्ता मानिसहरूलाई ट्रम्पको काम गर्ने तरिका थाहा छैन । मेरो नजरमा त्यस्ता मानिसप्रति मेरो कुनै सम्मान छैन ।’

सरिक ब्रकी रोलिन्स

यस अभियानमा सरिक ब्रकी रोलिन्स पनि विल्ससँगको प्रतिस्पर्धामा थिइन् । विल्सलाई सो जिम्मेवारी दिएपछि रोलिन्स अर्को कुनै जिम्मेवारीको अपेक्षामा छिन् । ट्रम्पको पहिलो कार्यकालमा उनी प्रशासनिक जिम्मेवारी हेर्ने निकायमा थिइन् ।

अहिले ट्रम्पलाई व्यवस्थापनको सकस लुटनिक र म्यामोकनलाई छ । यी दुवैलाई जिम्मेवारी विमुख बनाउन उनी चाहँदैनन् । निर्वाचनअघि नै उनीहरूले सौदाबाजी गर्दै ट्रम्प अभियानमा सहभागिता जनाएका थिए । ट्रम्पले एउटा कुरा भने प्रस्ट पारेका छन् । अहिले पदमा फिर्ता ल्याउन २ वर्ष अघिदेखि नै साथ दिनेलाई उनले तिरस्कार गर्ने छैनन् । ट्रम्पले सन् २०१६ मा पहिलो कार्यकालमा धेरै व्यक्तिलाई दिइएको जिम्मेवारीमा अहिले गुनासो गरेका छन् । उनको अनभुवमा धेरैले आफ्नो जिम्मेवारी गर्नुभन्दा पनि आफ्ना कुरा माग गर्ने र व्यक्तिगत लाभ लिनमा उनीहरू इच्छुक रहेका थिए ।

एलन मस्क

टेस्लाका मालिक एलन मस्कले कुनै जिम्मेवारी माग गरेका छैनन् । तथापि यस निर्वाचनमा मस्कको भूमिका महत्वपूर्ण थियो । यसै कारण उनी मस्कलाई महत्वपूर्ण दिन चाहन्छन् । सूचना स्रोतका अनुसार मस्कले पूर्णकालीन सरकारी जिम्मेवारीमा आफूलाई स्वस्कार्ने छैनन् । उनी कुनै सल्लाहकार र आफ्नो कम्पनीको कामबाट फुर्सद निकालेर केही समय सल्लाह दिने स्थानमा रहन सक्नेछन् ।

अहिले केनेडी भने उनका लागि टाउको दुःखाइको विषय बनेका छन् । ट्रम्पले निर्वाचन अभियानको क्रममा केनेडीलाई महत्वपूर्ण जिम्मेवारी दिने बताइसकेका छन् । परन्तु भ्याक्सिन विरोधी सोचका उनले ट्रम्पले सफलता पाउने बित्तिकै आफ्नो मत राखिसकेका छन् । केनेडीको चासो, स्वास्थ्य, भ्याक्सिन र कृषि र वातावरणसँग सम्बन्धित विषयमा काम गर्ने हो । ट्रम्प भने उनलाई आफ्नो नजिक राखेर प्रशासनिक नीति बनाउने काममा सरिक गराउन चाहन्छन् ।


यसपटकको निर्वाचनमा आप्रवासी मुद्दा धेरै उठेको थियो । कागजात नपुगेका १० लाख आप्रवासीलाई फिर्ता पठाउने घोषणा उनले गरिसकेका छन् । परन्तु त्यो काम त्यत्ति सहज छैन । थुप्रै कानुनी व्यवधान आउन पनि सक्छन् । यी सबै ब्यावधान मिलाएर कानुनसम्मत आप्रवासी फिर्ता पठाउन सक्ने व्यक्तिको खोजीमा ट्रम्प छन् । यो उनका लागि चुनौतीपूर्ण पनि हो ।

अहिले महान्यायाधीवक्ताको चयन ट्रम्पका लागि अर्को चुनौती हो । सो जिम्मेवारीका लागि धेरै जना लालायित छन् । टेक्सासका न्यायाधीवक्ता केन प्याक्सन पहिलो दाबेदार हुन् । यसैगरी, पहिलो कार्यकालमा जेफ सेसन्सलाई बर्खास्त गरेपछि कामचलाउ न्यायाधीवक्ता बनेका म्याट ह्वाइटकर अर्का दावेदार हुन् । उताहका सिनटेर माइक ली, राष्ट्रय गुप्तचरका पूर्व प्रमुख जोन रेटक्लिफ र कन्जरभेटिक अधिवक्ता मार्क पालोटा अहिले ट्रम्पको सम्पर्कमा छन् ।

अहिले उनका लागि सुरक्षा निकायमा नियुक्ती पनि हो । अमेरिकले रुस, चीन र इरान मात्र होइन मध्यपूर्वमा पनि कस्तो सम्बन्ध राख्ने र कस्तो नीति कायम गर्ने भन्ने विषयमा उपयुक्त व्यक्ति आवश्यक ठानेका छन् । सेक्रेटरी अफ स्टेट र राष्ट्रिय सुरक्षा सल्लाहकार अहिलेका लागि सबैभन्दा चासोको पद हो ।

ट्रम्पले भन्ने गरेका छन् – अमेरिका फस्र्ट (पहिले अमेरिका) । अर्थात्, उनले अमेरिकी हितलाई सबैभन्दा माथि राख्ने नीति अपनाउनेछन् । यसअघि ४५औँ राष्ट्रपतीय कार्यकाल नेतृत्व गर्दा पनि ट्रम्पले अमेरिका फस्र्ट र मेक अमेरिका ग्रेट अगेनजस्ता राष्ट्रवादी रुझानका नारा र नीति अख्तियार गर्ने गरेका थिए ।

युद्ध र अनिश्चितताको दोहोरो संकटयुक्त हालको अवस्थामा ट्रम्पको जितले केही नयाँ संकेत अवश्य गर्छ । अब उनले लिने विदेश नीति नै कम्तिमा ४ वर्षका लागि अमेरिकाको वैश्विक प्रभाव मार्गनिर्देश हुनेछ ।

चुनावी अभियान तथा सन् २०१७ र २०२१ बीच राष्ट्रपति पदमा रहँदाको बखत ट्रम्पको रेकर्डका आधारमा उनले कस्तो विदेश नीति अपनाउनेछन् भनी मोटामोटी अनुमान लगाउन सकिन्छ । उनले अपनाउने नीतिले अलग–अलग मोर्चामा अवश्य नै प्रभाव पार्नेछ ।

चुनाव प्रचार क्रममा ट्रम्पले लगातार ‘रूस र युक्रेनबीच जारी युद्ध एकदिनमै अन्त्य गरिदिन सक्ने’ बताउने गरेका थिए । ‘जारी युद्ध कसरी अन्त्य गराउन सकिन्छ ?’ भनी सोधिएको प्रश्नमा ट्रम्पले आफ्नो निगरानीमा २ देशबीच सम्झौता गराउने बताएका छन् । तर, सो सम्झौता कस्तो हुनेछ या के के विषयवस्तु समेटिनेछ भन्नेबारे उनले विस्तृतमा खुलाएका छैनन् ।

गत मे मा प्रकाशित एक अनुसन्धान प्रतिवेदनमा ट्रम्पका २ पूर्वराष्ट्रिय सुरक्षा प्रमुखले युक्रेनमा अमेरिकाले हतियार आपूर्ति जारी राख्नुपर्ने बताएका थिए । तर, रूससँग शान्ति वार्ता गर्न युक्रेन तयार रहनुपर्ने सर्त पनि राख्नुपर्ने उनीहरूले उल्लेख गरेका थिए ।

अर्कातर्फ रूसलाई लोभ्याउनका लागि पश्चिमी देशले युक्रेनलाई उत्तर अमेरिकी सन्धि संगठन (नाटो) को सदस्यता दिने मामिला तत्काललाई टार्न सकिने सुझाव पनि ट्रम्पका सुरक्षा सल्लाहकारहरूले दिएका छन् ।

सिनेटर डग बर्गम

यी सबै विषयमा प्रस्ट निर्देश गर्न सक्ने व्यक्ति नै ट्रम्पको खोजीमा छन् । फ्लोरिडाका सिनेटर डग बर्गम र चीन विज्ञ मानिएका मार्को रुबियो मुख्य दाबेदार हुन् । रुबियो उपराष्ट्रपति पदका दाबेदार थिए । उनी अन्त्यमा पराजित भएका हुन् । ट्रम्पको पहिलो कार्यकालमा जापानको राजदूतको रूपमा काम गरेका टिनेजका सिनेटर बिल हागार्ली अर्का दाबेदार हुन् । जर्मनीका पूर्वराजदतु रिचार्ड ग्रोनेल पनि यस जिम्मेवारीका लायि इच्छुक हुन् । तथापि उनका लागि अन्य धेरै पद उपयुक्त हुन सक्ने ठहर गरिएको छ ।

स्कट बेसेन्ट

आर्थिक विषयमा जिम्मेवारी दिने ट्रम्पको मुख्य काम हो । इकोनोमिक सेक्रेटरीका जिम्मेवारीका लागि स्कट बेसेन्ट समेत छन् । बेसेन्ट चुनावी अभियानमा ट्रम्पलाई आर्थिक मन्तव्य तयार गर्ने काम गर्थे । बिलिनियर जोल पाउन्सन अर्का दाबेदार हुन् । नर्थ डाकोटाका गर्भनर डङ बर्गम अर्का दावेदार हुन् । उनी पनि अन्तिमसमयसम्म उपराष्ट्रपति पदका दाबेदार थिए ।

प्रतिक्रिया