मुम्बई । सलमान खानपछि भारतीय अभिनेता शाहरूख खानलाई पनि मार्ने धम्की आएको छ । फैजान खान नामक १ व्यक्तिले उनलाई मार्ने धम्की दिएका हुन् । यसबारे महाराष्ट्रको बान्द्रा पुलिस स्टेसनमा एक निवेदन दर्ता भएको छ । छत्तीसगढको रायपुर निवासी आरोपीले अभिनेता खानसँग ठूलो फिरौती पनि मागेका छन् ।
बलिउड सुपरस्टार शाहरूख खानलाई एक फोन कलमार्फत मार्ने धम्की आएको हो । मुम्बईको बान्द्रा पुलिस स्टेसनले यसबारे छानबिन थालेको छ । समाचारअनुसार मुम्बई पुलिसको एक टिम यसबारे छानबिनका लागि रायपुर पुगेको थियो । बान्द्रा पुलिस स्टेसनमा एक अज्ञात व्यक्तिविरुद्ध अभिनेता शाहरूख खानलाई धम्की दिएको आरोपसहित केस दर्ता भएको छ ।
धारा ३०८(४), ३५१(३)(४) बिएनएसअनुसार ती व्यक्तिविरुद्ध अपराध दर्ता भएको हो । मुम्बई पुलिसले भने यसबारे औपचारिक पुष्टि गरेको छैन । रायपुर पुलिसका एक अधिकारीले मुम्बई पुलिसले शाहरूख खानलाई धम्की दिएको मामिलामा फैयाज खान नामका व्यक्तिलाई नोटिस पठाएको छ । शाहरूख सदैव अन्डरवल्र्डको सूचीमा रहने गरेका छन् । यसअघि पनि कयौँपटक उनलाई मार्ने धम्की आउने गरेको थियो । अघिल्लो साल अक्टोबरमा फिल्म पठान र जवानको सफलतापछि उनलाई मार्ने धम्की आएको थियो ।
प्रतिक्रिया