मुम्बई । ‘नाइटिंगेल अफ बिहार’ भनेर चिनिने भारतीय लोक गायिका शारदा सिन्हाको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको एम्स अस्पतालमा ७२ वर्षको उमेरमा मंगलबार राति उनको निधन भएको हो । पद्मभूषण र पद्मश्रीबाट सम्मानित सिन्हा केही दिनदेखि एम्स अस्पतालमा उपचार गराइरहेकी थिइन् ।
शारदा सिन्हाका छोरा अंशुमान सिन्हाले सोसल मिडिया प्लेटफर्ममार्फत आमाको निधनको जानकारी दिएका छन् । डेढ महिनाअघि सेप्टेम्बर २२ मा शारदा सिन्हाका श्रीमान् बृजकिशोर सिन्हाको ब्रेन हेमरेजका कारण निधन भएको थियो । गायिका सिन्हाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया