काठमाडाैँ । बर्दिया प्रहरीले अवैध पटाका तथा पटाका जन्य वस्तुहरूलाई नियन्त्रणमा लिई नष्ट गरेको छ । विभिन्न चाडपर्व लक्षित गरि भारतबाट अवैध रूपमा भित्र्याइएका र पसलहरूमा बेच्न राखिएका लसुन बम, सुतली बम, रकेट बम, भुइँचम्पा, झ्यारझ्यारे, क्यान बम लगायतका बिभिन्न प्रकारका पटाकाहरूलाई प्रहरी चेकजाँचका क्रममा बरामद गरिएको थियो ।
नष्ट गरिएका पटाकाहरूको अनुमानित बजार मूल्य करिब २ लाख ८५ हजार ७७६ रूपैयाँ रहेको छ । प्रहरीका अनुसार यस्ता अवैध पटाकाहरूले सार्वजनिक सुरक्षामा गम्भीर खतराको सम्भावना उत्पन्न गराउन सक्छन् ।
आज मिति २०८१।०७।१६ गते, स्थानिय प्रशासन, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणहरूको उपस्थितिमा बर्दिया प्रहरीले फेला परेका अवैध पटाकाहरूलाई स्थानीय समय अनुसार १४:३० बजे नियमानुसार नष्ट गरेको हो । बर्दिया प्रहरीले यस प्रकारका अवैध वस्तुहरूको नियन्त्रणका लागि निरन्तर कारबाही जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया