मुगु । ६९औँ प्रहरी दिवसको अवसरमा सौर्यकर्मी नन्दबहादुर रोकाया सम्मानित भएका छन् । ६९औँ प्रहरी दिवसको अवसरमा बुधबार जिल्ला प्रहरी कार्यालय मुगुमा आयोजित कार्यक्रममा सौर्यकमी रोकायालाई सम्मान गरिएको हो ।
जिल्लामा लामो समयदेखि पत्रकारीता गरेका र विशेष गरी शान्ति सुरक्षा सुव्यवस्था कायम गर्ने कार्यमा सञ्चार माध्यमद्धारा नागरिकलाई सु–सुचित गराउन अहमभुमिका निर्वाह गरेको र जिल्ला प्रहरी कार्यालय मुगुले सञ्चालन गरेका विभिन्न क्रियाकलापमा समन्वय सहकार्यका क्षेत्रमा योगदान पुर्याएको भन्दै रोकायालाई कदर पत्र सहित सम्मान गरिएको हो ।
गर्वका साथ सेवा सम्मानका साथ सुरक्षा भन्ने नारा सहित, अपेक्षा फलको छैन, सधै कर्तव्य चिन्तन,आहुति प्राणको दिने तिमिमा अभिनन्दन, भन्दै जिल्ला प्रहरी कार्यालय मुगुको आयोजनामा ६९औँ प्रहरी दिवसको अवसरमा पत्रकार रोकाया सहित विभिन्न व्यक्ति र संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।
त्यस्तै, विभिन्न कालखण्डमा विरगरी प्राप्त गरेका अमर प्रहरीका अभिभावहरुलाई पनि सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सरोज गिरीले जानकारी दिए ।
सौर्यकर्मी रोकाया यसअघि असोेज ३ गते संविधान दिवसको अवसरमा पनि सम्मानित भएका थिए । मुगु पत्रकारीतामार्फत रुपान्तरणका क्षेत्रमा कलम चलाए योगदान गरेको भन्दै संविधान दिवस मुल समारोह समितिले पनि सम्मान गरेको थियो । सौर्यकर्मी रोेकाया मुगु मै रहेर विगत ११ वर्षदेखि पत्रकारीता गर्दै आएका छन् ।
प्रतिक्रिया