काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
दसैँअघिको अन्तिम कारोबार दिन भने छापावाल सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिको कारोबार दिन चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया