प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण

तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन् । उनले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका छन् । साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिएको उनको सचिवाललये जनाएको छ ।

यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभ साइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको छ ।

प्रतिक्रिया