दैलेख डिनद्वारा दसैँको शुभकामना आदानप्रदान र चियापान

काठमाडौं । दैलेख डिनले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । दसैँ तथा शुभ दिपावलीको अवसरमा कार्यक्रम आयोजना गरिएको डिन दैलेख कार्यसमितिका अध्यक्ष हेमा खड्काले जानकारी दिइन् ।

डिप्लोमा इन्जिनियरिङ प्राविधिक विकासको मेरुदण्ड भएको र हरेक विकासमा प्राविधिक नभई सम्भव नहुने प्रमुख अतिथि संघीय सांसद सीता रानाले बताइन् ।

उनले भनिन, ‘अहिलेको अवस्था हेर्ने हो भने यो धेरै उन्नत र विकसित भैसकेको छ, पहिले हामी अनुभवका कुरा गर्थ्यौँ, ट्रायल एन्ड इरोरका कुरा गर्थियौ केही थम रुलका कुरा गर्थ्यौँ भने अहिले यस सेवालाई टेक्नोलोजि वेस्ट इन्जिनेरिङ फिल्ड बुझ्नु पर्छ ।’ पछिल्लो समयमा धेरै मेघा प्रोजेक्ट आइरहेको र जसले गर्दा यो फिल्डको महत्व अझै बढेको उनले बताइन् ।

सबै टेक्निकल पर्सनहरुले आफु र आफ्ना हरेक क्रियाकलापलाई समय अनुकुल रुपान्तरित नभइ यो सेवाको सबै प्राविधिकहरुले आफ्नो पेसाको मर्यादालाई ख्याल राख्दै सचेत भयर काम गर्नुपर्ने प्रमुख अतिथि संघीय सांसद रानाको भनाइ छ । कार्यक्रममा प्रमुख अतिथिलगायतका सबैलाई डिनको मायाको चिनो र सम्मान कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संघीय माननिय सिता राना (डिनको आजिवन सदस्य) विशिष्ट अतिथि डिनका केन्द्रीय सदस्य धिरेन्द्र कु. केसी र नारायण नगरपालिकामा कार्यरत प्रशासकीय प्रमुख रेशम बुढालगयात स्थानीय तहमा कार्यरत प्राविधिकको उपस्थिति रहेको थियो ।

जिल्लाका स्थानीय तहमा कर्मचारी खटनपटन र विकास योजनामा गुणस्तर कामहरुलाई डिनले निगरानी गर्नुका साथै, प्राविधिक हक हितका निम्ति, राजनीति हस्तक्षप गरिएका समस्यालाई समाधान गर्दै लाने कुरामा जिल्लाका स्थानीय तहमा कर्मचारी खटनपटन र विकास योजनामा गुणस्तर कामहरुलाई डिनले गरेको छ ।

प्रतिक्रिया