बिवाइडीले १ दिनमै डेलिभरी गर्यो १३२ युनिट इभी

काठमाडौँ । इलेक्ट्रिक सवारी साधन (इभी) निर्माता कम्पनी बिवाइडीले नेपालमा १ दिनमै १३२ युनिट इभी डेलिभरी गरेको छ । बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत एकैदिन १३२ युनिट इभी डेलिभरी गर्न सफल भएको हो ।

दसैँ शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ । यसले नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बिवाइडीको बढ्दो लहरलाई दर्शाउने कम्पनीको दाबी छ । साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले एकैदिन १३२ इभी डेलिभरी गर्न पाउनु बिवाइडीको लागि गर्वको दिन भएको बताए । पछिल्लो समयमा वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा सोरुम बिस्तार गरेर बिवाइडी नेपालभर बिस्तार भइरहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया