विराटनगरमा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु, प्रहरीद्वारा अश्रुग्यास प्रहार

विराटनगर । एकीकृत भन्सार जाँच चौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकल यात्री श्याम साहको उपचारका क्रममा मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै आफन्तजन विरोधमा उत्रिएका छन् ।

ना ४ ख २४८३ नम्बर को ट्रकले बिहीबार साँझ ठक्कर दिँदा घाइते भएका साइकल यात्री साहको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि क्षतिपूर्तिको मागसहित आफन्तजन विरोधमा उत्रिएका हुन् ।

विरोधका क्रममा भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन प्रहरीले १० राउण्ड अश्रृग्यास प्रहार गर्नुपरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । हाल त्यस क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रतिक्रिया