हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अञ्जु

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको असोज १६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । सीईओ श्रेष्ठको ३ लाख ७५ हजार भत्ता र ३ लाख ७५ हजार तलब गरि मासिक ७ लाख ५० हजार तलब रहने छ ।

योसँगै उनी नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छिन् । नव नियुक्त सिईओ श्रेष्ठको बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । फागुन १६, २०५२ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा उनको यात्रा सुरु भएको थियो ।

उनको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले उनलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पुर्याउन सफल भएको छ । सिईओको रूपमा, उनले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्न कम्पनीले जनाएको छ ।

प्रतिक्रिया