दिव्या र विभा ‘मिस एन्ड मिसेज हेरिटेज इन्टरनेसनल नेपाल’ घोषित

काठमाडौँ । ‘मिस एन्ड मिसेज हेरिटेज इन्टरनेसनल नेपाल’ दिव्या पात्रा र विभा बस्नेत घोषित भएका छन् । दिव्याले ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२४’को शीर्ष उपाधि हात पार्दा विभाले ‘मिसेज हेरिटेज इन्टरनेसनल नेपाल २०२४’को शीर्ष उपाधि जितेकी हुन् । प्रतियोगितामा ‘मिसेस अर्थ एलिट नेपाल २०२४’को उपाधि भने रोशनी महर्जनले हात पारिन् ।

आइडियल मोडल कलेजमा अध्ययनरत पात्राले आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘मिस हेरिटेज इन्टरनेसनल २०२४’, विभाले नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘मिस हेरिटेज इन्टरनेसनल २०२४’ र महर्जनले नोभेम्बरमै फिलिपिन्समा आयोजना हुने ‘मिसेस अर्थ एलिट २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

ग्रिन आर्ट्स मिडिया प्रालिको आयोजनामा बुधबार अबेर साँझ हेरिटेज गार्डन सानेपामा आयोजित जोय ‘मिस एन्ड मिसेस हेरिटेज इन्टरनेसनल नेपाल २०२४’मा मिसतर्फ आइडियल मोडल कलेजकी जसु महर्जन फस्टरनरअप बन्दा पबस कलेजकी प्रत्युषा नेपाली सेकेन्ड रनरअफ घोषित भए ।
प्रतियोगितामा मोस्ट ट्यालेन्ट जसु महर्जन, मोस्ट फ्रेड्ली, रोशनी महर्जन, मोस्ट डिसिप्लेन सान्ड्रिया राई, बेस्ट वाक दिव्या पात्रा, बेस्ट पफमर विभा बस्नेत, बेस्ट स्माइल लिली राई, चार्मङ पर्सनालिटी शीतल बल, बेस्ट स्क्रिन प्रत्युषा नेपाली, बेस्ट हेयर रिभिमा बिसुंके, मोस्ट इन्सपाइरिङ गंगा पुरी चुनिए ।

नेसनल निर्देशकसमेत रहेकी अनिला श्रेष्ठको कोरियोग्राफी रहेको प्रतियोगितामा अजय पिडि खनाल (संस्थापक महसचिव–टियु लायन्स ब्लड ट्रान्सफ्युजन एन्ड रिसर्च सेन्टर¬¬) प्रमुख अतिथि रहेका थिए । प्रतियोगितामा लुनिमा तुलाधर (कलाकार तथा मिडियाकर्मी), सोफिया भुजेल ‘मिस युनिभर्स नेपाल २०२२’, दिवास योन्जान (आइएसओ लेखा परीक्षक) र क्याथरिन दाहाल (मेकअप आर्टिस) निर्णायक रहेका थिए ।

‘मिस एन्ड मिसेज हेरिटेज इन्टरनेसनल नेपाल २०२४’ युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ गरेको ई–प्लानेटद्वारा सञ्चालित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘हेरिटेज इन्टरनेसनल’का लागि प्रतिनिधित्व छान्ने उद्देश्यले आयोजना भएको आयोजक ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले जानकारी दिए ।

प्रतिक्रिया