काठमाडौँ । आफैँमा कलामा सक्रिय जीवन लम्तरीले कलाकारहरूकै विकासका लागि मेकअप स्टुडियो खोल्नुपर्नेमा जोड दिएका छन् । नेपालमा चलचित्र निर्माण हुन थालेको साढे ५ दशक नाघिसकेको भन्दै उनले अझै पनि नेपालमा दक्ष मेकअप आर्टिस्ट नभएकाले नेपाली चलचित्र निर्देशकहरूकै गुनासो आइरहेको उनको भनाइ छ ।
चलचित्र छायांकनमा जानुअघि दक्ष मेकअप आर्टिस्टको आह्वान नै गर्नुपर्ने अवस्था आएको जीवनले बताए । किनभने यहाँ पढेर भन्दा पनि परेर मेकअप आर्टिस्ट बनेकाहरूको बाहुल्यता बढी रहेको उनको बुझाइ छ । नेपालमा अझै पनि चलचित्रलाई आवश्यक चरित्रमा कलाकारलाई ढाल्ने मेकअप आर्टिस्ट कमै छन् ।
यहाँ ब्युटिपार्लरबाट आएका कस्मेटिक शृंगार गरिदिने मेकअप आर्टिस्टहरू भएकाले उनीहरूले पात्रको चरित्रअनुसार कलाकारलाई मेकअपबाट उतार्न नसक्ने तर्क राख्छन् आफैँमा मेकअप आर्टिस्ट जीवन लम्तरी ।
पछिल्लो समय व्यस्त मेकअप आर्टिस्टको पहिचान बनाएका जीवन लम्तरी जिगत १ दशकदेखि चलचित्रको पर्दा बाहिर रहेर अहोरात्र आफ्नो पेसामा सक्रिय रहँदै आइरहेका छन् ।
यही पेसालाई नै रोजेर आफ्नो क्षमता, इच्छा, लक्ष्यलाई यसै माध्येमबाट पूरा गर्नुपर्छ भन्ने मनसाय मनमा लिएर यस क्षेत्रमा लागिपरेका लम्तरी अहिले निर्माता, निर्देशकहरूको रोजाइमा पर्न सफल भएका छन् ।
चलचित्र लावारिस, सिस्टम, विवश, दिलमा सजाय तिमिलाई, वारेन्ट, अन्दाज लगायतकामा मेकअप आर्टिस्टको रूपमा काम गरिसकेका उने दर्जनौँ भोजपुरी चलचित्रमा पनि काम गरेका छन् ।
जस्तै ‘साजनकी दिवानी’, ‘हमतो दिवान हो गएनी’, ‘अब ई रुवाफ’ लगायतका छन् । कलाकारहरूका लागि कतै जानुपर्यो भने तत्काल मेकअप गर्न सुविधा सम्पन्न मेकअप स्टुडियो नभएको र ब्युटिपार्लर धाउनुपर्ने बाध्यता रहेको उनको बुझाइ छ ।
प्रतिक्रिया