रौतहट । रौतहटको कटहरिया नगरपालिकामा जनप्रतिनिधिहरूले दोस्रोचोटी कार्यभार सम्हालेका छन् । कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवाल, उपमेयर रितादेवी यादव र वडा–८ वडा अध्यक्ष समिश बिक्रम शाहले दोस्रोचोटी कार्यभार सम्हालेका हुन् ।
उनीहरूलाई विशेष अदालतसे सफाइ दिएपछि कार्यभार सम्हालेका हुन् ।
एक कार्यक्रमका बीच शुक्रबार वडा अध्यक्ष साहले कार्यभार सम्हालेका हुन् । वडासचिव बच्चेलाल साह सहितका व्यक्तिहरूले उनलाई वडा कार्यालयमा स्वागत गरेका थिए ।
उपभोक्ता समितिद्वारा भएको एउटा काममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर गरिएको थियोे । कानुनअनुसार, भ्रष्टाचारको मुद्दा दायर भएपछि पदबाट निलम्बित भएका थिए । विशेष अदालतमा अख्तियारद्वारा मुद्दा दायर भएपछि निलम्बित अवस्थामा रहेका नगरप्रमुखसहित सम्पूर्ण पदाधिकारी बहाल भएका हुन् ।
अख्तियारद्वारा गत असार २० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियोे । कटहरिया नगरपालिका–२ जमुनियामा रहेको सामुदायिक भवनमा टायल लगाउने काममा १२ लाख ५२ हजार ९४१ रुपैयाँ भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको थियोे ।
सोही विषयमा अख्तियारद्वारा नगरप्रमुख अजयप्रकाश, उपप्रमुख रीता देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजकुमार साह र मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, वडा–८ का वडाध्यक्ष समिश विक्रम साह, मनोजप्रसाद जयसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साह उपर भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया