काठमाडौँ । फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्ध भएका छन् । उनले निर्माण पक्षसँग कागजी सम्झौता गरेका छन् । निर्माता किरण नेपालीका अनुसार उनी ४ नायक मध्ये १ को भूमिकाका लागि अनुबन्ध भएका हुन् । भन्छन्, ‘उहाँको भूमिकाबारे कलाकारको चयनको काम पूरा भएपछि सार्वजनिक गर्छौं ।’
तिहार लगत्तै छायांकनमा निस्कने तयारी भइरहेको निर्माता नेपालीले जानकारी दिए । उनका अनुसार कर्णालीका विभिन्न स्थानमा छायांकन हुनेछ । रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्मको लेखक र निर्देशक लक्ष्मण सुनार हुन् । यो फिल्मको प्रदर्शन २९ चैतलाई तोकिएको छ ।अ
प्रतिक्रिया