पोखरेलको चौथो औपन्यासिक कृति ‘उर्वरा’ लोकार्पित

काठमाडौँ । उपन्यासकार नारद पोखरेलको चौथो उपन्यास ‘उर्वरा’ शनिबार काठमाडौँमा लोकार्पित भएको छ । नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकको अध्यक्षतामा सम्पन्न समारोहका मुख्य अतिथि अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि शर्माले ‘क’देखि ‘ज्ञ’सम्मका बैग्लाबेग्लै अग्र शब्दबाट शीर्षक राखेर नेपाली आख्यान साहित्यमा उपन्यासकार पोखरेलले सफल प्रयोगात्मक लेखन गरेकामा हर्ष व्यक्त गरे ।

‘उर्वरा’मार्फत् प्रयोग गरिएको आख्यान लेखनको नवीन शैलीले नेपाली साहित्यमा एउटा मानक इँटा थपेकामा उपन्यासकार पोखरेललाई बधाई छ,’ शर्माले भने ।
समारोहमा वरिष्ठ आख्यानकार माया ठकुरी, कवि विधान आचार्य, उपन्यास समाजका अध्यक्ष शंकर भारती, टिप्पणीकार अनुपमा रेग्मी, गीतकार संघका अध्यक्ष वसन्त थापा, साहित्यकार माधव बिँडारी चेतनपथ, कवि भेषराज पोखरेललगायतले उपन्यासकार पोखरेलको लेखन प्रवृत्तिबारे टिप्पणी गरेका थिए ।

उपन्यासकार पोखरेलका यसअघि नयाँ बाटो (२०४०), सिर्जना (२०४६), प्रतिघात (२०७८) उपन्यास प्रकाशित छन् ।

प्रतिक्रिया