काठमाडाैँ । ‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि सम्पदा घिमिरेले जितेकी छिन् । बुधबार साँझ गोदावरी सनराइज कन्भेसन सेन्टरमा भएको ग्रान्ड फिनालेमा घिमिरे मिस युनिभर्स नेपालको पाँचौ संस्करणको विजेता घोषित भएकी हुन् ।
नेसनल डारेक्टर संगीता पुरीले घिमिरेलाई सुन र हीराजडित ताज पहिर्याएकी हुन् । त्यसैगरि, स्मृति सिंह फस्ट रनरअप, अक्षिता क्षेत्री सेकेन्ड रनरअप , क्यारिन मुर्रे थर्ड रनरअप र सुजल बम फोर्थ रनरअप घोषित भइन । सुजल सुन्न र बोल्न सक्दिन्न ।
ग्लोबल ग्ल्यामर भेन्चरले पहिलोपटक आयोजना गरेको मिस युनिभर्सकी नेसनल डारेक्टर संगीता पुरी हुन् । फिनालेमा उपाधिका लागि २२ जना भिडेका थिए ।
प्रतिक्रिया