जाजरकोट पहिरो अपडेट : पुरिएका २ जनाको शव निकालियो

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६, धुमामा खसेको पहिरोमा पुरिएका दुई जनाको शव निकालिएको छ । गए राति करिब १ बजेको समयमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने घर माथिबाट आएको पहिरोमा पुरिएका थिए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार स्थानीयको सहयोगमा शव निकालिएको हो । पहिरोमा परी घाइते भएकी चलाउनेकी छोरी सम्झनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डएसपी पुरोषत्तम पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया