अखिल क्रान्तिकारी पाँचथरमा महिला अध्यक्ष चित्रकला हाङसुरुम्बा

पाँचथर । नेकपा माओवादी केन्द्र भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला अध्यक्षमा महिला चित्रकला हाङसुरुम्बा चयन भएकी छन् । सोमबार पाँचथरको फिदिममा १३औँ जिल्ला अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनले हाङसुरुम्बालाई अध्यक्षमा चयन गरेको हो ।

सम्मेलनबाट चित्रकला हाङ्सरुम्वाको नेतृत्वमा ३१ सदस्यीय सर्वसम्मत जिल्ला कमिटी चयन गरिएको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य चन्द्र माङ्मुले जानकारी दिए । पदाधिकारीमा उपाध्यक्ष मिङ्सो लोवा, बिमल ताम्लिङ, बिमल चाम्लिङ र चन्द्रहाङ लाओती, सचिव चन्द्रप्रकाश तुम्बापो सहसचिव सुनिल रिमाल र मदन तुम्बापो कोषाध्यक्ष बिनुका राई चयन भएका छन् ।

‘सामाजिक न्याय र सुशासनसहितको समृद्ध जिल्ला निर्माणको लागि हाम्रो आन्दोलन समाजवादी शिक्षा प्राप्तिका लागि १३औँ जिल्ला सम्मेलन’ भन्ने मुल नारा तय गरिएको थियो । यस अधिवेशनमा मिङ्सो लोवाले कार्यक्रम सञ्चालन गरेका थिए भने सम्मेलन जिल्ला संयोजक सन्दिप तुम्रोकको अध्यक्षतामा सञ्चालन भएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङवोको प्रमुख आतिथ्यमा भएको हो ।

विषेश अतिथिमा अनेरास्ववियू क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष मदन भट्टराई, पार्टीका केन्द्रिय सदस्य तथा कोशी प्रदेशका पूर्वसांसद जिल्ला इन्चार्ज सीता थेवे र पार्टीका प्रदेश सदस्य र विभिन्न भातृसङ्गठनमा केन्द्रिय सदस्य र प्रदेश सदस्यको उपस्थितिमा अधिवेशन सम्पन्न भएको नवनिर्वाचित अध्यक्ष चित्रकला हाङ्सरुम्वाले जानकारी दिइन् ।

सम्मेलनमा जिल्लाका ८ वटै स्थानीय तहबाट १ सय ८० जना विद्यार्थी प्रतिनिधिका रुपमा सहभागि थिए । अखिल क्रान्तिकारीले कोशी प्रदेशको भदौ २४ र २५ गते विराटनगरमा सम्मेलन गर्ने भएको छ । त्यस्तै केन्द्रको असोजको २ गतेदेखि ५ गतेसम्म राष्ट्रिय सम्मेलन हुने भएकोले त्यसैको तयारी स्वरुप सबै जिल्लामा जिल्ला सम्मेलन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया