मुगु । लामो समय दुर्गम जिल्ला मुगुमा बसेर स्वास्थ्य क्षेत्रमा योगदान दिएकी सरोजा बुढथापालाई हुमेन हर्मोनी अवार्डबाट सम्मान गरिएको छ । बुढथापालाई दुर्गम जिल्लामा बसेर कैयौँ कठिनाइका बावजुत आमा तथा नवजात शिशुको ज्यान जोगाएर योगदान दिएको भन्दै मानव सदभाव नेपालले सम्मान गरेको हो ।
महिला बालबालिका तथा जेष्टनागरिक मन्त्री नवल किसोर शाहले सोमबार एक कार्यक्रमका विच सामाजिक कार्यकता सरोजा बुढथापालाई सम्मान सहित हुमेन हर्मोनी अवार्ड २०२४ हस्तान्तरण गरे ।
बुढथापाले मुगु जिल्ला अस्पताल सहित विभिन्न स्वास्थ्य सस्थाहरुमा कार्यरत रहदा ३ हजार महिलालाइ स्वास्थ्य संस्था बाहिर र ५००० महिलालाइ स्वास्थ्य सस्थाहरुमा सुरक्षित प्रसुती गराएकी थिइन् ।
माओवादी जनयुद्धका बेला जिल्ला अस्पताल मुगुका प्राय कर्मचारीहरु अस्पताल छोडेर बाहिर बस्दा बुढथापाले भने कहिल्यै जिल्ला अस्पताल छोडिनन्, राती दिउँसो विभिन्न विरामीहरुलाइ सेवा दिइरहिन् । सबैले अस्पताल छोडदा पनि तत्कालिन राज्य सत्ता सन्चालनमा सहयोग गरेको भन्दै माओवादीले जिल्ला अस्पतालबाट उनलाई अपहरणसमेत गरेका थियो । १५ दिनसम्म अपहरित हुँदा उनले माओवादीका कयौँ विरामी कार्यकताको उपचार गरेको सुनाइन् ।
२०४३ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी नर्स बुढथापाले ३० वर्ष मुगुको स्वास्थ्य क्षेत्रमा सेवा गरिन् । देश संघीयता गएपछि कर्मचारीहरु ३ तहका सरकार मातहतमा समायोजन भए उनलाई पनि स्थानीय तहमा समायोजन गरेर जुम्ला जिल्लाको हिमा गाउँपालिकामा खटाइयो ।
उनले भनिन्, ‘जुम्ला जिल्लाको दुर्गम पालिकामा पनि मुगु पछि स्वास्थ्य क्षेत्रमा सेवा गर्ने हुटहुटि थियो, तर मलाई गाउँपालिकाले पद अनुसारको काम दिएन मैले १ वर्ष कामविहिन भएर दिन विताउनु पर्यो । अन्तत मैले आफ्नो सेवा अवधी हुँदै ३ वर्ष अगावै राजीनामा दिए ।’
उनले सेवानिर्वत भएपनि अब जेष्टनागरिक, आमा तथा बालवालिकाहरुको सेवा तल्लिन रहने बताइन् । उनले भनिन्, ‘यहाँसम्म आइपुग्दा विभिन्न समयमा मलाई सहयोग गर्ने सहपाठी कर्मचारी लगायत सबैलाइ धन्यवाद दिन चाहन्छु र आभार व्यक्त गर्दछु ।’
मुगु
प्रतिक्रिया