काठमाडौँ । डेंगी संक्रमितको संख्या देशभर ४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार अगस्ट १९ सम्म देशका ७४ जिल्लामा ४ हजार ९७ जनामा डेंगी पुष्टि भएको छ ।इडिसिडीको पछिल्लो विवरणअनुसार हाल सबैभन्दा धेरै संक्रमित तनहुँ जिल्लामा रहेका छन् ।
तनहुँमा हाल ७८१ जनामा डेंगी पुष्टि भएको छ। त्यसैगरी दोस्रोमा काठमाडौंमा ३८० त्यसपछि क्रमशः कास्कीमा ३५१, पर्वतमा १७७ र चितवनमा १५७ जनामा डेंगी पुष्टि भएको छ । हुम्ला, जुम्ला र मनाङबाहेका देशका सबै जिल्लामा डेंगी देखिएको छ । यो वर्ष हालसम्म डेंगीबाट २ जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ ।
डेंगी संक्रमित तीव्र रूपमा फैलिरहेको समयमा यो हप्ता हैजाका संक्रमित पनि थपिएका छन् । इडिसिडीको विवरणअनुसार हाल हैजाका सङ्क्रमितको संख्या ५८ पुगेको छ । पछिल्लो हप्ता काठमाडौँ मा ३ जना हैजा संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया