जनकपुरधाम । राष्ट्रिय वैश्य महासंघ नेपालले मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई भेटेर मिथिला, मधेस र समग्र देशको विकास बारे चासो व्यक्त गरेको छ । महासंघका अध्यक्ष परमेश्वर महासेठ नेतृत्वको एक टोलीले मुख्यमन्त्रीलाई वैदेशिक लगानी भित्राएर गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले प्रदेश विकासमा लेखेको भूमिका स्मरण गराएका छन् ।
सो टोलीमा वैश्य समाजका घटक जातीय अगुवा प्रतिनिधिहरू सम्मिलित थिए । मुख्यमन्त्रीसँग भेटेर टोलीले मिथिला र हाल मधेसको केन्द्र जनकपुरधामको विकास, पर्यटन प्रवद्र्धन (आवागमनमा नगद रकम तथा आवास व्यवस्थापन), स्थानीय लगानीकर्तालाई प्रोत्साहन लगायतका विषयमा चासो राखेका थिए ।
साथै मधेस प्रदेशमा विद्यमान शिक्षा, स्वास्थ्य, सीप तथा तालिम सम्बन्धमा सरकार र राष्ट्रिय वैश्य महासंघ नेपालबीच समन्वय, सहकार्य र उत्तरदायित्वका विषयमा समेत सकारात्मक छलफल भएको महासंघले जनाएको छ । महासंघले मुख्यमन्त्रीलाई आवश्यक सहयोग गर्ने र आफूहरूको भूमिका आवश्यक परे सहयोग गर्न तत्पर रहने सम्मको प्रतिवद्वता जाहेर गरेको महासंघका अध्यक्ष महासेठले बताए ।
प्रतिक्रिया