कुटपिट गरी श्रीमतीको हत्या

जलेश्वर । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा १ जनाले श्रीमतीको कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताए । स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ वर्षीया श्रीमती रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् ।

श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया