अर्घाखाँची । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष २०८०÷८१ मा १९ करोड ९१ लाख रुपैयाँ बरावरका योजना तथा कार्यक्रमहरु सम्पन्न गरेको छ । सन्धिखर्कमा कार्यालयले सञ्चालित तथा सम्पादित योजना आयोजनाको वार्षिक समिक्षा कार्यक्रम गर्दै बिगत ६ बर्षदेखिका उपलब्धीबारे कार्यालयको प्रोफाईल नामक पुस्तक समेत प्रकाशित गरी जानकारी गराइएको हो ।
गत आर्थिक बर्षमा समानिकरण तर्फ ९८ दशमलव ५० प्रतिशत भौतिक र ८५ दशमलव ९९ प्रतिशत वित्तीय प्रगती हासिल गरेको निमित्त डिभिजन प्रमुख भेषराज भुसालले बताए । भुसालका अनुसार ससर्ततर्फ ९९ दशमलव ६ भौतिक प्रगती र ८८ दशमलव ४७ बित्तिय प्रगती गरेको र कार्यालयले समग्रमा ९९ दशमलव ८६ भौतिक र ८८ दशमलव ४७ वित्तीय प्रगती हासिल गरेको छ ।
भौगोलिक विकटताको कारण तथा दरवन्दी अनुसार जनसक्ती कमी हुँदा हुँदै पनि पनि राम्रो उपलब्धी हासिल गर्न सफल भएको भुसालले बताए । राज्यको लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसकिएको भन्दै मुलुक संघीयतामा गईसकेपछिका उपलब्धि सार्वजनिक गर्नुपर्ने जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालले बताए ।
समीक्षा कार्यक्रममा सितगंगा नगरपालिका नगरप्रमुख छविलाल पौडेल, प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण खनाल, नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष शम्भुप्रसाद प्रोख्रेल, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुरकुमार बिक किशोर, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक हरि प्रसाद भुसाल, राप्रपाका विनोद आचार्य, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष रामवहादुर चौहान, राष्ट्रिय जनमोर्चाका भिमलाल आचार्य, मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई सितगंगा नगरपालिका उपप्रमुख गीता भाट लगायतले सुझावहरु दिएका थिए । वाार्षिक समिक्षा कार्यक्रममा तोकिएको समयपुर्व गुणस्तरीय काम गर्ने भिजन निमार्ण सेवाका प्रतिनिधी र लुम्बिनी निमार्ण सेवाका प्रतिनिधीहरुलाई संम्मान समेत गरिएको थियो ।
अर्घाखाँची
प्रतिक्रिया