खोलाको पानीमा डुबेर २ बालिकाको मृत्यु

धनुषा । जिल्लाको मिथिला विहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका–३ की १० वर्षीया संध्या यादव रहेकी छन् । संध्या आफन्तको घरमा गएका थिइन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार, शनिबार दिउँसो नुहाउन गएका यी बालिकालाई खाल्डोमा जम्मा भएको पानीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेका थिए । निकाल्दा दुबै बालिकाको मृत्यु भइसकेको थियो ।

दुबै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया