काठमाडौं । नेपालले आगामी वर्ष सन् २०२६ मा हुने आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो फेसबुक पेजमा लेख्दैविश्वकपको एसिया छनोट २०२५ नेपालले आयोजना गर्ने जानकारी दिएको हो । नेपालले पहिलो यो पटक विश्वकपको एसिया क्षेत्र छनोटको आयोजना गर्न लागेको हो । एसिया छनोट प्रतियोगिता आगामी अप्रिल १३ देखि २१ सम्म हुनेछ ।
एसिया छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन् । एसिया क्षेत्र छनोटमा विजयी टोली सन् २०२६ मा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ । विश्वकपको एसिया क्षेत्र छनोट आयोजना गर्नु नेपाली क्रिकेटका लागि कोसेढुंगा हुने क्यानले विश्वास व्यक्त गरेको छ ।
प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा हुने २०२६ को यू–१९ विश्वकपका लागि छनोट हुनेछ । नेपालले यसै वर्षको सुरुमा दक्षिण अफ्रिकामा भएको यु१९ विश्वकपमा सहभागिता जनाएको थियो । छनोटमा सहभागी हुने टोलीलाई स्वागत गर्न तत्पर रहेको र अन्तराष्ट्रिय मञ्चमा आफ्नो जोस देखाउन तयार रहेको क्यानले उल्लेख गरेकोे छ ।
प्रतिक्रिया