हेटौँडा । बागमती प्रदेश सरकारले भदौ ४ गते गाइजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेश मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले गाईजात्रा पर्वको अवसरमा प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामछिानेले जानकारी दिए ।
प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुसार प्रदेश सरकारले गाईजात्रा पर्वमा हरेक वर्ष बिदा दिने व्यवस्था गरेको उनले बताए । यसैगरी मन्त्रीपरिषद बैठकले बागमती सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री लामिछानेलाई जिम्मेवारी तोकेको छ ।
बैठकले विभिन्न मन्त्रालयअन्तर्गतको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सरकार मातहतको संरचनाहरुमा रहेका अस्थायी दरवन्दीमा कार्यरत कर्मचारीलाई तलब भत्ता वितरणमा समस्या हुने भएपछि दरवन्दी स्वीकृत गरेको हो ।
मकवानपुर
प्रतिक्रिया