कृषक पाठशाला अभ्यास सम्बन्धमा नीतिगत संवाद सम्पन्न

जनकपुरधाम । कृषक पाठशाला प्रणाली संयोजन र कृषक पाठशाला अभ्यास सम्बन्धमा नीतिगत संवाद सम्पन्न भएको छ । जनकपुरधामस्थित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा भएको संवादमा पाठशालाअन्तर्गत अहिलेसम्म भएका अभ्यास र गतिविधिहरूको चर्चा गर्नुका साथै त्यसले परेको प्रभावको समीक्षा गरिएको थियो ।

पाठशाला संस्थागत गर्न अहिलेसम्म भएका समूहको सहजीकरणदेखि तीनै तहको सरकारबीच प्रणाली संयोजन विकासका लागि भएको प्रयासका बारेमा पनि छलफल गर्दै संघीय र मधेस प्रदेश तहमा प्रस्तावित कृषक पाठशाला संयोजक समितिको संरचना र प्रारूपका विषयमा गहन छलफल भएको महासंघ मधेस प्रदेशका अध्यक्ष दीपककुमार ठाकुरले बताए ।

सो अवसरमा मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले किशान समृद्व भए मात्र सरकारको सबै नीति सफल हुने भएकाले पाठशालाको अवधारणा सफल बनाउन मन्त्रालय हरेक सहयोग गर्ने प्रतिवद्वता जाहेर गरेका थिए ।

प्रतिक्रिया