काठमाडौं । युएईमा रहेका नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्न थालेको जानकारी आएको भन्दै दूतावासले त्यसो नगर्न सूचना जारी गरेको छ । युएईस्थित नेपाली दूतावासले मंगलबार सूचना जारी गर्दै नेपालीहरूलाई सद्भावना कायम गरी आफू बस्ने र काम गर्ने ठाउँमा सभ्य व्यवहार प्रदर्शन गर्न भनेको हो ।
‘नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको जानकारी यहाँको सम्बन्धित निकायबाट प्राप्त हुन आएको हुँदा यसतर्फ सचेत रहन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
नेपाली राजदूतावास परिसर बाहिर पनि मापसे गरी वा नगरी हुलहुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरूलाई अपशब्द प्रयोग गरी गाली गर्ने गरेको पाइएको पनि सूचनामा उल्लेख छ । यस्तो कार्य गर्नेलाई पनि युएई प्रहरीले कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
प्रतिक्रिया