बागलुङमा पहिरो : सात जनाको मृत्यु, चार जनाको उद्धार

बागलुङ । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको हो ।

आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो ।

आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये ६ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।– रासस

प्रतिक्रिया